Logo

पुनर्निर्माणमा युरोपेली संघ र साउदीले सघाउने , सहायता सम्मेलनमा सहभागिता जनाउँदै

पुनर्निर्माणमा युरोपेली संघ र साउदीले सघाउने , सहायता सम्मेलनमा सहभागिता जनाउँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

११ जेठ,काठमाडौं । नेपालको पूर्ननिर्माणमा युरोपेली संघ र साउदीले सहयोग गर्ने भएका छन् । शुक्रवार अर्थमन्त्री डा. रामशरण महतसँगको छुट्टाछुटै भेटका अवसरमा नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थी र युरोपेली संघका राजदूत रेन्जी टिरिन्कले यस्तो बचन दिएका हुन् ।

सो अवसरमा नेपालमा हालै गएको भूकम्प, क्षति, नेपाल सहायता सम्मेलन तथा साउदी अरेबियाको संभावित सहयोगबारे पनि छलफल भएको थियो ।
अर्थमन्त्री डा महतले पुनर्निर्माणमा सहयोग जुटाउन सहायता  सम्मेलन आयोजना गर्न लागेको र सो सम्मेलनमा साउदी अरेबियाबाट उच्चस्तरीय सहभागिताको अपेक्षा गरिएको धारणा व्यक्त गरे । साथै  विपद्को बेलामा नेपालले दाताहरुबाट ऋणभन्दा पनि अनुदान सहायता खोजेको पनि स्पष्ट पारे ।

साउदी राजदूत हार्थीले साउदी सरकार यो विपद्को अवस्थामा सहयोग गर्न तयार रहेको र नेपालले चाहे अनुसार अनुदान सहयोगका लागि आफ्नो सरकारसँग अनुरोध गरिने जानकारी दिए । उनले छिटै जानकारी पाएमा सहायता सम्मेलनमा उच्चस्तरीय सहभागिता जुटाउन सकिने बताए ।

यसैगरी युरोपेली संघका राजदूत रेन्जी टिरिन्कले सहयोग गर्न युरोपेली मुलुकहरु तयार रहेको जानकारी दिए । साथै  नेपाल सहायता सम्मेलन तथा युरोपेली संघले गर्नुपर्ने सहयोगबारे जिज्ञासा राखेका थिए ।

यसअघि  यूएसएडका निर्देशक बेथ डनफोर्डले अर्थमन्त्रालयमा भेटी संस्थाले गरेका गतिविधिहरुबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL