Logo

भूकम्प प्रभाबित ६ जिल्लामा भूगर्वविद पठाइदै, ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

भूकम्प प्रभाबित ६ जिल्लामा भूगर्वविद पठाइदै, ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
५ जेठ,काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्वविदको १८ वटा टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरेको छ ।

उद्योगमन्त्री महेश बस्नेतले बुधबारदेखि भूकम्पबाट अति प्रभावित क्षेत्रमा भूगर्वविदको टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरिएको बताएका छन्  । यसरी गठन भएको उच्चस्तरिय टाक्स फोर्सले ७  दिन भित्र प्रतिवेदन पेश गर्ने उनले जानकारी दिए । साथै उक्त प्रतिवेदनका आधारमा गृहमन्त्रालय अन्तर्गत रहेको अस्थायी पुर्नवास कार्यक्रमका  लागि पहल गरिने बताउ ।

‘सरकारले घोषणा गरेको अतिप्रभावित जिल्लामा गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, धादिडमा भूगर्वविदको १८ वटा टिम पठाइने छ उनले भने जसमा प्रत्येक टीममा तीन सदस्य भूगर्भविद रहनेछन् ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजीत महतोको नेतृत्वमा खानी विभाग, इसिमोड, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भूगर्भवीद र नेपाल भौगर्भिक समाजको प्रतिनिधित्व रहेको उच्चस्तरीय टाक्स फोर्स गठन भएको हो ।

महत्तोको नेतृत्वमा गठित नौ सदस्यीय ‘टाक्स फोर्स’ ले भूकम्प प्रभावित क्षेत्रको स्थलगत तथा स्याटेलाइट डाटाको आधारमा ७ दिन भित्र प्रतिवेदन पेश गर्ने बताइएको छ  ।

प्रतिक्रिया दिनुहोस्
MBL