Logo

एक दशकमा निजामती कर्मचारीमा महिलाको संख्या दोब्बरले बृद्धि, स्वास्थ्यमा सबै भन्दा बढी तथ्याङ्क सहित

एक दशकमा निजामती कर्मचारीमा महिलाको संख्या दोब्बरले बृद्धि, स्वास्थ्यमा सबै भन्दा बढी तथ्याङ्क सहित



काठमाडौं । एक दशकको अवधिमा निजामतीमा कार्यरत महिला कर्मचारीको संख्या दोब्बरले बृद्धि भएको छ ।

आर्थिक बर्ष २०७५÷७६ को फागुन मसान्त सम्म निजामती सेवामा कार्यरत कुल कर्मचारीको संख्या ८९ हजार ६ सय ४ जना मध्ये पुरुष कर्मचारीको संख्या ६७ हजार ५ सय २० जना रहेका छन भने महिला कर्मचारीको संख्या २२ हजार ८४ जना रहेका छन ।

२०७५÷७६ को फागुन मसान्त सम्मको तथ्याङ्क अनुसार आर्थिक योजना तथ्याङ्क सेवामा ५२ जना, कृषिमा ७ सय ६, प्रशासनमा ४२ सय ४४, वन ६ सय २२, शिक्षामा २ सय ९६, स्वस्थ्यमा १३ हजार १ सय २१ जना रहेका छन ।

त्यस्तै विबिध सेवामा १४ सय ५८ जना, ईन्जिनियरिङ सेवामा ८ सय ७० जना, न्यायमा ५ सय ६१, परराष्ट्रि सेवामा ५७ जना, लेखापरीक्षण सेवामा ४४, ब्यवस्थापिका–संसद ३९ संवैधानिक पदाधिकारी सेवामा १४ जना सहित कुल २२ हजार ८४ जना महिला कर्मचारी रहेका छन ।

आर्थिक बर्ष २०६४÷६५ मा निजामती सेवामा महिलाको संख्या १२ प्रतिशत रहेकामा हाल सो संख्या बढेर २४ दशमलब ७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL