Logo

आईसीयु न्यूट्रिसन सम्बन्धी गोष्ठी सम्पन्न, आईसियुमा भएका विरामीको यसरी गर्न सकिन्छ हेरचाह

आईसीयु न्यूट्रिसन सम्बन्धी गोष्ठी सम्पन्न, आईसियुमा भएका विरामीको यसरी गर्न सकिन्छ हेरचाह



काठमाडौं । डिसलिपिडिमिया तथा आईसीयु न्यूट्रिसन सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार देशभरका विशेषज्ञ डाक्टर तथा क्लिनिकहरुबीच काठमाडौंमा डिग्निटी ईन्टरनेशनल र एरिटे हेल्थ साईन्सेसले उक्त कार्यशाला गोष्ठी आयोजना गरेका हुन ।

laxmi

कार्यशाला गोष्ठीमा काठमाडौं भित्र तथा बाहिरका २८ ओटा क्लिनिक, न्युट्रिसन डायटिसन तथा डाक्टरहरुको सहभागिता रहेको थियो । गोष्ठीमा डिग्निटी तथा एरिटे क्लिनिकका विशेषज्ञहरुले आईसियुमा भर्ना भएका विरामीहरुको पोषण ब्यवस्थापन गर्ने नविनतम विधि तथा विज्ञानका बारेमा ज्ञान दिएका थिए ।

आईसियुमा भएका विरामीहरुको स्वास्थ्य सुधार गर्न पोषणको राम्रो ब्यवस्था गरिनुपर्ने भएपनि नेपालमा भने हाल त्यसको कमी भएको विशेषज्ञ डाक्टर दिप्तेश अर्यालले बताएका थिए ।

कार्यशालामा सहभागी अन्य विशेषज्ञ तथा डाक्टरहरुले उक्त कार्यशालाले अबका दिनमा विरामीको हेरचाहमा ठूलो सहयोग पुग्ने बताएका छन । डिग्निटी ईन्टरनेशनलले न्युट्रिसन तथा वेटलस सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दछ भने एरिटे हेल्थ साईन्सेसले स्वास्थ्य सेवा डिजाईनको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL