Logo

चुनाव हारेका कारण राहुल गान्धीले दिए अध्यक्षबाट राजिनामा, देशभरको हार स्वीकार

चुनाव हारेका कारण राहुल गान्धीले दिए अध्यक्षबाट राजिनामा, देशभरको हार स्वीकार



काठमाडौं । भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले आफ्नो पदबाट राजिनामा दिएका छन । उनले बिहीबार भारतीय लोकसभा चुनाव हारेपछि आफ्नी आमा सोनिया गान्धी समक्ष पदबाट राजिनामा दिएको घोषणा गरेका हुन ।

भारतीय लोकसभामा भारी मतान्तरले हारेका कारण उनले राजिनामा दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन ।

लोकसभामा भारतीय जनता पार्टी( भाजपा) भने भारी मतले विजयी भएको छ । राहुल गान्धीले भने देशभर भएको हारको जिम्मा आफु लिने बताएका छन । भारी मतान्तरले हारेसँगै कांग्रेस आई प्रमुख प्रतिपक्षीको रुपमा समेत रहने हैसियतबाट खस्केको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL