Logo

दैवी प्रकोप कोषमा २ अर्व ७१ करोड जम्मा, सहयोग आउने क्रम जारी

दैवी प्रकोप कोषमा २ अर्व ७१ करोड जम्मा, सहयोग आउने क्रम जारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

४ जेठ,काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भूकम्पपीडितको सहायतार्थ २ अर्ब ७१ करोड ४१ लाख छ हजार १ सय ५१ रूपैयाँ संकलन भएको  छ ।
विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संथा समाजसेवी तथा विदेशस्थित नेपाली दूतावासबाट सो रकम प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

सोमबार मात्रै सो कोषमा कोषमा ८करोड ६२ लाख ९७ हजार ४ सय ४ रूपैयाँ दाखिला भएको छ । साथै विश्वका विभिन्न मुलुकबाट रकम प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL