Logo

भुकम्प पिडीतलाई लिभ टु लभ र पन्चकन्या समुहको सहयोग, २ हजारलाई कम्युनिटी हल

भुकम्प पिडीतलाई लिभ टु लभ र पन्चकन्या समुहको सहयोग, २ हजारलाई कम्युनिटी हल


बिजखबर संवाददाता
0
Shares

बिजखबर संबाददाता

३ जेठ,काठमाडौं । लिभ टु लभ इन्टरनेशनलले नुवाकोट,रसुवा,रामेछाप तथा सिन्धुपाल्चोकमा थप ८ ओटा कम्युनिटी हल बनाउने भएको छ । संस्थाले पन्चकन्या समुहसँगको सहकार्यमा ५० परिवारलाई प्रिफ्याव प्यानलका कम्युनिटी हल बनाइदिने जानकारी दिएको छ । जसको पहिलो चरणमा रामकोटबाट हल बनाउने काम अगाडी बढाइएको बताइएको छ । आइतवार एक कार्यक्रमविच अर्थमन्त्री रामशरण महतले सो हलको उदघाटन गरे ।

सो अवसरमा अर्थमन्त्री डा. रामशरण महतले देश शोकमा डुवेको अवस्थमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगको अपेक्षा गरेको बताए । साथै चाँडैनै देश प्रगतीको बाटोमा लम्किने तयारी गरिरहेकोले जनताहरुलाई हरेश नखान आश्वासन दिए ।

महतले कार्पोरेट संस्थाहरुलाई यस प्रकारको सहयोग गर्न आग्रह गरे । साथै दुई हप्ता पश्चात अन्तरराष्ट्रिय सम्मेलन आयोजना गरिने जानकारी दिए । सो सम्मेलन मार्फत विभिन्न अन्तरराष्ट्रिय निकायसमक्ष सहयोगका लागि आव्हान गरिने उनले बताए ।

रामकोटबाट सुरुवात गरिने सो हल विस्थारै नुवाकोट तथा नागार्जुनमा पनि बनाइने पन्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले बताए ।

सो अवसरमा लिभ टु लभ संग आवद्द हलिउड अभिनेत्री मिसेल यओले नेपालका लागि यो समय निकै चुनौतीपूर्ण रहेको बताइन् । साथै यस विपत्तीबाट प्रकृतिलाइ आदार गर्नुपर्ने शिक्षा लिनुपर्ने जोड दिइन् । ‘हाम्रो पहिलो प्राथमिकता भनेको मनसुन अगावै बासको व्यवस्था गर्नु हो उनले भनिन् ‘त्यसपछी मात्र पूर्ननिर्माण लगायत कार्य अगाडी बढाउपर्छ ।’
साथै नेपालमा पिडीतहरुलाई सहयोग गर्न पाउनु निकै गर्वको विषय रहेको उनले बताइन् । ।

सो अवसरका संस्थाका संस्थापक ज्ञाल्वाङ द्रुक्पाले आफुलेहरुले असुरक्षित भवन निर्माणलाई प्रँथमिकता नदिने बताए । आफुलेले भुकम्प प्रतिरोधात्मक प्रिफ्याव प्यालनको घर बनाउन लागेको जानकारी दिए । बैशाख १२ गते आएको भुकम्पबाट रामकोटामा २२ जनको मृत्यु भएको छ ।

साथै ७ सय पक्की घर र १ हजार ३ सय कच्ची घर ध्वस्त भएको छ । भुकम्प तथा त्यसपछीका पराकम्प पछी रामकोटमा खानेपानीको अभाव भएको स्थानीयले गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL