Logo

आफ्नै संस्थाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै महासंघ, सबै यातायात समितिलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन निर्देशन

आफ्नै संस्थाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै महासंघ, सबै यातायात समितिलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन निर्देशन



काठमाडौं । देशभरका सार्वजनिक यातायातलाई कम्पनीमा दर्ता हुन यातायात ब्यवसायी राष्ट्रिय महासंघले नै अनुरोध गरेको छ । महासंघले सरकारसँगको सहमतिअनुसार ५ दिनभित्रमा समिति तथा संघहरुलाई कम्पनीमा दर्ता हुनका लागि सार्वसजनिक सुचना जारी गर्दै कम्पनीमा दर्ता हुन निर्देशन दिएको हो ।

२०७४ चैत १८ मा यातायात ब्यवस्था विभागले नयाँ मापदण्ड ल्याई सम्पूर्ण यातायात समिति तथा संघसस्थाहरुलाई कम्पनीमा दर्ता हुनका लागि २०७५ असारसम्मको म्याद राखेको थियो । त्यसयता यातायात ब्यवसायीले आफ्ना मागहरु पुरा नभई दर्ता हुन अप्ठ्यारो भएको बताउँदै आएका थिए ।

गत फागुनमा सरकारले सार्वजनिक यातायातलाई कम्पनीमा दर्ता हुन सहजीकरण गर्नका लागि कम्पनी ऐन २०६३ को दफा ९ मा संशोधन गरी दफा ९ को उपदफा १ पछि उपदफा १ क थपेको थियो । सो उपदफा थपिसकेपछि पनि नेपालभरका समिति तथा संघसंस्थाहरुलाई दर्ता हुनका लागि दर्ता कार्यालयको कमी तथा दर्ता प्रक्रिया नै झन्झटिलो भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘हामीले हामी आवद्ध सबै समिति तथा संघहरुलाई कम्पनीमा जानका लागि ताकेता गरेका छौं,’ उनले भने, ‘तर दर्ता हुने प्रक्रिया एकदमै झन्झटिलो छ जसलार्य युद्धस्तरमा सरकारले सुधार्नुपर्ने देखिन्छ ।’

महासंघले यसअघी कम्पनीमा दर्ता हुनका लागि सेयरधनीको संख्या मिलाउनुपर्ने, सवारीसाधनको थ्रेसहोल्ड परिवर्तन गरिनुपर्ने लगायतका मागहरु राख्दै ३ पटकसम्म दर्ता हुने समयावधी थपिसकेको छ । सरकारले पछिल्लो समय फागुन १९ गते उक्त ऐन संशोधन गरको ३ महिना अर्थात जेठ १९ गतेसम्म सबै समितिलाई कम्पनीमा जानका लागि म्याद थपिएको थियो ।

उक्त म्याद पनि टुङ्गिने अवस्था आउन लागेकाले आफुहरुले नै लागिपरेर सबैलाई कम्पनीमा दर्ता हुन अनुरोध गरेको महासंघका अध्यक्ष सिटौलाले जानकारी दिए । उनका अनुसार २÷३ महिना अघि सबै समिति तथा संघहरुलाई कम्पनीमा पत्राचार हुन पत्राचार गरिसकिएको छ । यस्तै कडा कदम उठाउने उद्देश्यले नै कम्पनीमा दर्ता हुन सार्वजनिक सुचना जारी गरिएको उनको भनाई छ ।

हाल नेपालभर महासंघमा आवद्ध २९४ ओटा यातायात ब्यवसायी समिति तथा संघहरु छन । हालसम्म केही समितिहरु मात्रै कम्पनीमा दर्ता भएपनि प्रायजसो समितिहरुले भने कम्पनीमा जानका लागि आलटाल गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL