Logo

मंगलवारको भुकम्पमा ९५ भन्दा बढीको मृत्यु, २५ सय ४३ जना घाईते (अपडेटेड)

मंगलवारको भुकम्पमा ९५ भन्दा बढीको मृत्यु, २५ सय ४३ जना घाईते (अपडेटेड)


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
२९ वैशाख, काठमाडौं ।
मंगलवार आएको भुकम्पमा परि ९५ भन्दा बढीको मृत्यु भएको छ । नेपाल प्रहरीले हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि गरेको छ । खोजी तथा उद्दार जारी रहेकोले यो संख्या अझै बढ्ने आंकलन गरिएको छ ।
प्रहरीले हालसम्म २ हजार ५  सय ४३जना घाईते भएको बताएको छ ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म भएको मानवीय क्षतिको विवरण

police report

नेपाल प्रहरीको विपद व्यवस्थापनसमेतको संयुक्त टोली तत्काल काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खटिई उद्धारलगायतका कार्यमा जुटीरहेको छ ।

मंगलवार दिउसो १२ बजेर ५० मिनेट जादा ६ दशमलव ८ रेक्टरको भुकम्प आएको थियो । कतिपय अन्तर्राष्ट्यि मिडियाले भने उक्त भुकम्पलाई ७ दशमलव ४ रेक्टरको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL