Logo

प्रदेश ३ र चीनको गान्सु प्रदेशबीच भगिनी सम्बन्ध स्थापना, वाणिज्य र व्यापारका लागि सहमती

प्रदेश ३ र चीनको गान्सु प्रदेशबीच भगिनी सम्बन्ध स्थापना, वाणिज्य र व्यापारका लागि सहमती



काठमाडौं । चीनको गान्सु प्रदेश र नेपालको ३ नं. प्रदेशबीच सोमबार राजधानीमा भगिनी सम्बन्ध स्थापना भएको छ । चीनको गान्सु प्रदेशको वाणिज्य बिभाग र त्यसै प्रदेशमा रहेको लान्जाउ नगरको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजना गरिएको कोअपरेसन ट्रेड फेयरका अवसरमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेल र गान्सुका गभर्नर ताङ् रेनजिएनले भगिनी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन ।

laxmi

त्यसै अवसरमा काठमाडौं महानगर र लान्जाउ नगरबीच वाणिज्य तथा व्यापार सम्बन्धी आशय पत्रमा हस्ताक्षर भयो । आशय पत्रमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र लान्जाउ नगरकी उपप्रमुख मा काइ युनले हस्ताक्षर गरेका थिए ।

सो अवसरमा कृषि मन्त्री तथा पशुपक्षी बिकास मन्त्री चक्रपाणि खनालले — आपसी सम्बन्धबाट गरिएका कामहरुको बिगत अध्ययन गरेर मित्रतामा नयाँ आयाम थप्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आपसी हित प्रवर्धन गर्न भगिनी सम्बन्धबाट नागरिक तहसम्म लाभ पु¥याइने जानकारी दिए ।

सन् २०१६ को मे ११ देखि काठमाडौं महानगर र चीनको लान्जाउ नगरबीच भगिनी सम्बन्ध स्थापना भइसकेको छ । ‘म निर्वाचित भएर आएपछि सन् २०१८ को अगस्ट २० तारिखका दिन भगिनी सम्बन्धलाई नबिकरण गरेको छु,’ समारोहमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यल भने, ‘अहिले गरिएको आर्थिक तथा व्यापारिक सहकार्यले दुई सहरबीच चलिरहेको पर्यटन तथा व्यापार प्रबर्धन, सामाजिक सांस्कृतिक तथा शैक्षिक गतिबिधिको आदानप्रदानलाई निरन्तरता दिँदै आवश्यकताका आधारमा बिशेष आर्थिक क्रियाकलाप सञ्चालन गर्न आधार तयार भएको भएको छ ।’
ट्रेड फेयरका अवसरमा गान्सु प्रदेशको वाणिज्य बिभागका प्रमुख झ्याङ् यिङहुवाले प्रदेशको बिशेषता र चिनारी सम्बन्धि प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL