Logo

राहत लिएर आए फ्रेञ्च गुर्खा, प्राथमिकतामा सहयोग नपुगेको ठाँउ

राहत लिएर आए फ्रेञ्च गुर्खा, प्राथमिकतामा सहयोग नपुगेको ठाँउ


रामराजा श्रेष्ठ
513
Shares

बिजखबर संबाददाता

बैशाख २६, काठमाडौं । फ्रान्सेली सेनामा कार्यरत नेपाली युवा (फ्रेञ्च गुर्खा)हरुले नुवाकोटमा राहत वितरण गरेका छन् । फ्रेञ्च गुर्खाहरुको समूहले नुवाकोटको खड्गभञ्ज्याङ गाविसको पिपलडाँडाका झण्डै ७० परिवारलाई पाल र खाद्यान्न वितरण गरेका हुन् ।

उनीहरुले बैसाख १२ गतेको भुईंचालोमा घरवास गुमाएका पिपलडाँडा बासिन्दालाई प्रतिपरिवार त्रिपाल, ३० किलो चामल, २ लिटर खाने तेल, ४ किलो आलु, २ किलो नुन, १ किलो मस्यौरा, २ किलो दाल, नुहाउने र लुगा धुने साबुन १\१ थान तथा बालबालिकाहरुलाई चाउचाउ वितरण गरेका थिए ।

IMG_1927 smallफ्रेञ्च गुर्खामा कार्यरत नेपालीहरुसँग प्रतिव्यक्ति १ सय युरोका दरले रकम उठाएर युवाहरु राहत बाँड्न नेपाल आएका हुन् । महाविपत्तिको समयमा मातृभुमिको सेवा गर्न पाउँदा उनीहरुले सन्तुष्टि मिलेको बताए । अहिलेसम्म कुनै सहयोग नपुगेको ठाउँमा राहत लैजाने आप्mनो मनसाय रहेको टोलीका एक सदस्य ललित शर्माले बताए । पिपलडाँडाको माथिल्लो गाउँमा हालसम्म सरकारी तथा अन्य राहत नपुगेको स्थानीय शालिकराम घिमिरेले गुनासो गरे ।

फ्रेञ्च गुर्खाहरुको टोली अझै दुई गाउँमा जाने तयारी गरिरहेको छ । केही दिन भित्रमा आफुहरु सिन्धुपाल्चोक वा काभ्रे जिल्लाका गाउँमा जाने उनीहरुले बताए ।

फ्रान्सेली सेनामा कार्यरत नेपालीहरुको समूहले झण्डै ९ लाख रुपैयाँ संकलन गरेको छ । तर, त्यो रकम राहत भन्दा अन्यत्र प्रयोग नगरिने शर्माले जानकारी दिए । ‘हाम्रा सबै साथीहरु आप्mनै खर्चमा नेपाल आएका छन् । राहत बाँडन जाँदा पनि हामीले आफ्नै पैसाले खाना, खाजा खाएका छौं,’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL