Logo

अख्तियारले भुकम्प पीडितलाई १ करोड २७ लाख सहयोग गर्ने, कर्मचारीहरुको १५ दिनको रकम दैबी प्रकोप कोषमा जम्मा

अख्तियारले भुकम्प पीडितलाई १ करोड २७ लाख सहयोग गर्ने, कर्मचारीहरुको १५ दिनको रकम दैबी प्रकोप कोषमा जम्मा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२३ बैशाख,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुकम्प पीडितहरुलाइ राहतस्वरुप १ करोड २७ लाख ७० हजार रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।

laxmi

आयोगले बुधवार प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा सो रकम उपलब्ध गराएको हो ।

आयोगका प्रमुख आयुक्त, आयुक्तहरू तथा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलव रकम सङ्कलन गरी आयोगले नेपाल सरकारका मुख्य सचिव मार्फत उक्त कोषमा जम्मा गरिएको हो ।

आयोगले गत बैशाख १५ गते प्रमुख आयुक्त र आयुक्तहरूका तर्फबाट २ महिना, राजपत्रांङित अधिकृत वा सो सरहका अधिकृतहरूबाट १ महिना र राजपत्रअनंकित तथा अन्य सम्पूर्ण कर्मचारीहरूबाट १५ दिन बरावरको तलव रकम प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL