Logo

सरकारद्घारा राहतका लागि हालसम्म १ अर्ब ३५ करोड निकासा, थुप्रै खाद्य तथा गैरखाद्य सामग्री समेत वितरण

सरकारद्घारा राहतका लागि हालसम्म १ अर्ब ३५ करोड निकासा, थुप्रै खाद्य तथा गैरखाद्य सामग्री समेत वितरण


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
१९ वैशाख, काठमाडौं । गत शनिवार आएको महा भुकम्पमा परेका पीडितको राहतका लागि हालसम्म सरकारले सवा १ अर्ब रुपैयाँ भन्दा बढी रकम निकासा गरेको छ । सरकारले महा भुकम्प आएको आठौं दिनसम्म राहत वितरणको लागि प्रभावित जिल्ला र सम्बन्धीत निकायमा १ अर्ब ३५ करोड १७ लाख रुपैयाँ निकासा गरेको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, हालसम्म ७ हजार ८ सय १२ क्विन्टल चामल, ३ सय १० क्विन्टल चिनी, ३ हजार २ सय ४९ क्विन्टल चिउरा, ३ हजार ६ सय बोरा दाल र नुन २ सय ७७ क्विन्टल वितरण गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै, ९४ हजार ४ सय ८२ कार्टुन चाउचाउ,  २८ हजार ९ सय ३४ कार्टुन विस्कुट, १२ हजार ७ सय ९८ केस पानी, दालमोठ ७५ बोरालगायत खाद्य वस्तु राहत वितरण गरेको हो । त्यस्ते, गैर खाद्य वस्तुअन्तर्गत ४७ हजार ८ सय १ थान पाल (टेन्ट), ३५ हजार २८ थान सोलार लाईट, ३५ हजार ५ सय ५५ थान कम्बल, ९ बोरा लत्ता कपडा, २ हजार ५ सय २० थान साबुनलगायत राहतका सामग्री वितरण गरेको मन्त्रालयले जनाएको छ ।

सरकारले करोडौं रुपैयाँ राहतका लागि निकासा गरेपनि सिन्धुपाल्चोक, दोलखा, गोरखालगायत जिल्लाका दूर्गम तथा उच्च भेगमा अझै राहत पुग्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL