Logo

तिनाउको नाफा २ करोड ९२ लाख, व्याज आन्दानीमा बृद्धि

तिनाउको नाफा २ करोड ९२ लाख, व्याज आन्दानीमा बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ बैंशाख, काठमाडौं । तिनाउ विकास बैंकले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८९ लाख रुपैयाँले बढी हो ।

बैकले सो अवधिमा व्याज आन्दानी र गैर संचालन नाफा बढाएको छ । बैंकको खराव कर्जा पनि केही उठेको छ । सो अवधिमा बैंकको कर्जा निक्षेप अनुपात बढेर ७५ दशमलव १९ प्रतिशत पुगेको छ ।

बैकले हालसम्म २ अर्व ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्व ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले खरावकर्जा पनि उठाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL