Logo

अर्थमन्त्री डा.महतलाई भारत भ्रमणको निम्तो, व्यवसायी सहतिको टोली जाँदै

अर्थमन्त्री डा.महतलाई भारत भ्रमणको निम्तो, व्यवसायी सहतिको टोली जाँदै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ बैंशाख, काठमाडौं । भारत सरकारले अर्थमन्त्री डा. रामशरण महतलाई औपचारिक भ्रमणको निम्ता गरेको छ । उनका समकक्षी भारतीय वित्त मन्त्री अरुण जेट्लीले अर्थमन्त्री महतलाई औपचारिक भ्रमणको निम्तो गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मे को मध्यतिर उक्त भ्रमण हुनेछ । उक्त भ्रमणमा दुई देशबीचको विजनेश समिट समेत हुनेछ । सो भ्रमणमा नेपालका व्यवसायी सहितको टोली जानेछन् । अर्थमन्त्रीको सो भ्रमणलाई दुइ देशबीच थप सम्बन्ध विस्तारको रुपमा हेरिएको छ । सो भ्रमण टोलीमा को–को जाने भन्ने कुरा भने टुङ्गो नलागेको परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

अर्थमन्त्री डा. महतको सो भ्रमणलाई केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको फ्लोअपको रुपमा समेत लिइएको छ ।

केही समयअघि अर्थमन्त्री महत चीनको १ हप्ते औपचारिक भ्रमणमा गएका थिए । त्यतिवेला पनि उनका समकक्षी चिनीयाँ वित्त मन्त्री लू चिवेको निमन्त्रणामा गएका थिए ।

पछिल्लो समय अन्तरराष्ट्रिय स्तरमा उनको प्रभाव बढेसँगै औपचारिक भ्रमणको क्रम पनि बढेको छ । नेपालका २ ठूला छिमेकी मुलुक भारत र चीन सरकारले उनलाई औपचारिक भ्रमणमा बोलाउनुले पनि अन्तरराष्ट्रिय स्तरमा उनको प्रभाव बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL