Logo

कम्पनी रजिष्टार र उद्योग विभागलाई पूर्ण अटोमेशनमा लगिने, विश्व बैकले गर्यो सहयोग

कम्पनी रजिष्टार र उद्योग विभागलाई पूर्ण अटोमेशनमा लगिने, विश्व बैकले गर्यो सहयोग


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१० बैंशाख, काठमाडौं । कम्पनी रजिष्टार कार्यालय र उद्योग विभागलाई पूर्ण अटोमेशनमा लैजाने विश्व बैंक समूह अन्तर्गतको संस्था इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले सहयोग गर्ने भएको छ ।

आज उद्योगमन्त्रालय उद्योगमन्त्री महेश बस्नेत र आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहबीच उक्त कार्यको लागि सैद्धान्तिक सहमति भएको छ । हाल आइएफसीले कम्पनी रजिष्टारको कार्यालयलाई पूर्णरुपमा डिजिटलाइज गर्ने तथा अटोमेशनमा लैजान आइएफसीले सहयोग गदैँ आएको छ ।

उद्योगमन्त्री बस्नेतले विभागलाई पनि अटोमेशनमा लैजाने प्रक्रियाका लागि आइएफसीले सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रति आभार व्यक्त गरे । ‘नविन प्रविधि, अनलाइन प्रणाली तथा पूर्ण अटोमेशनमा उद्योगमन्त्रालय अन्तरगतका सबै कार्यालयलाई लैजाने प्रक्रिया आफ्नै कार्यकालमा पूर्ण गर्नेछु,’ उनले भने ।

साथै, आइएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगत सिंहले अटोमेशनमा लैजाने अभिभारा आफूहरुले पाएकोमा खुसी व्यक्त गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL