Logo

सिजी ब्रुअरीलाई उत्कृष्ठ पुरस्कार, गुणस्तर र प्रविधिका कारण उत्कृष्ठ

सिजी ब्रुअरीलाई उत्कृष्ठ पुरस्कार, गुणस्तर र प्रविधिका कारण उत्कृष्ठ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ बैंशाख, काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले उच्च गुणस्तरका वियर उत्पादनका लागि सिजी ब्रुअरीलाई पुरस्कृत गरेको छ । विभागद्वारा मंगलबार चौधौं गुणस्तर दिवसका अवसरमा राजधानीमा आयोजित समारोहमा उद्योग मन्त्री महेश बस्नेतले सिजी ब्रुअरीलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।

नेपाल गुणस्तर चिन्ह लिएका कम्पनीहरुबीचको प्रतिस्पर्धामा वियर उत्पादन गर्ने समुहबाट एकमात्र सिजी ब्रुअरी पुरस्कृत भएको हो । सिजी ब्रुअरीले नेपाल आईस, रियल गोल्ड, हेवार्ड ५०००, लियोपार्ड, रोयल च्यालेन्ज लगायत ब्राण्डका वियर उत्पादन गर्दै आएको छ । यि वियरहरु नेपाली उपभोक्ताकाबीच अत्यन्तै लोकप्रिय सावित भएका छन् ।

‘उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको संयोजनले सिजी ब्रुअरी नेपालको उत्कृष्ठ वियर उत्पादक कम्पनीका रुपमा स्थापित भएको हो,’ सिजी फुड्सका प्रमुख कार्यकारी अधिकृत जीपी शाहले भने, ‘गुणस्तर विभागबाट प्राप्त पुरस्कारले हामीलाई झनै प्रोत्साहन मिलेको छ ।’ आफ्ना उत्पादनहरुको बढ्दो बजार मागलाई ध्यानमा राख्दै सिजी ब्रुअरीले पछिल्लो समयमा क्षमता अभिबृद्धिलाई फराकिलो बनाउदै लगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL