Logo

सिप्रेड २५औं बर्षमा, कृषि उत्पादनलाई व्यवसायीक बनाउने प्रतिवद्धता

सिप्रेड २५औं बर्षमा, कृषि उत्पादनलाई व्यवसायीक बनाउने प्रतिवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

८ बैशाख,काठमाडौं । वातावरण तथा कृषि नीति अनुसन्धान, प्रचार एवम् विकास केन्द्र(सिप्रेड)ले व्यावसायिक कृषि प्रवर्द्धनका लागि निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सिप्रेडको २५ औं बर्षमा प्रवेशको अवसरमा मङ्गलबार पत्रकार सम्मेलन गर्दै संस्थाले स्थानीय स्तरमा आथिर्थ उत्पादनका लागि निर्वाहमुखी कृषि उत्पादनलाई व्यावसायिक उत्पादनमा परिणत गराउन पहल गर्ने जानकारी दिएको हो । संस्थाका अध्यक्ष डा हरिकृष्ण उपाध्यायले उत्पादनलाई बजारसम्म र्पुयाउन सहकारी र सङ्कलन केन्द्रको विकासमा जनसहभागिता जुटाउँदै नयाँ तथा उच्चस्तरीय अवसर सिर्जना गर्ने बताए ।

विगत २४ बर्षदेखि संस्थाले बेमौसमी तरकारी उत्पादन, तरकारी बीउ उत्पादन, पोषण सुधारका लागि घरबगैँचा र मत्स्यपालनजस्ता उदाहरणीय काम गर्दै आएको छ । संस्थाले हालसम्म ६० जिल्लामा ८७ ओटा परियोजना सञ्चालन गरेको छ ।

कृषकले विभिन्न आयोजनाबाट रू.६ अर्ब ५० करोड बराबरको आयआर्जन गर्न सफल भएको संस्थाका कार्यकारी निर्देशक भरतप्रसाद उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL