Logo

स्वाइनफ्लुबाट वैदेशिक रोजगार संघका पूर्व अध्यक्ष बाटाजूको निधन, आजै अन्तिम श्रदाञ्जली

स्वाइनफ्लुबाट वैदेशिक रोजगार संघका पूर्व अध्यक्ष बाटाजूको निधन, आजै अन्तिम श्रदाञ्जली


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

७ बैंशाख, काठमाडौं । स्वाइनफ्लुका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष सोमलाल बाटाजूको निधन भएको छ ।

१ हप्तादेखि स्वाइनफ्लुबाट पिडित ५८ वर्षीय बाटाजूको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा गएराती २ बजे निधन भएको हो ।

२० बर्षदेखि वदेशिक रोजगार व्यवसाय संलग्न बाटाजू एसओएस म्यानपावर संचालक हुन् । उनी नेपालका सफल व्यवसायीका रुपमा चिनिदै आएका थिए ।

स्वर्गीय बाटाजूको शवलाई अहिले श्रदाञ्जलीका लागि एसओएस म्यानपावर प्राङ्गणमा राखिएको छ । उनको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली गरिने परिवार स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL