Logo

नेउवा महासंघको महानिर्देशक खतिवडा गरे पदवहाली, संस्थालाई शसक्त रुपमा अघि बढाउने दावी

नेउवा महासंघको महानिर्देशक खतिवडा गरे पदवहाली, संस्थालाई शसक्त रुपमा अघि बढाउने दावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखरब संवाददाता

२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले आज पदवहाली गरेका छन् । खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गरिसकेका खतिवडा महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन् ।

पदवहाली पश्चात आजै महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा लाग्न सचिवालयका कर्मचारीलाई आग्रह गरे ।

महानिर्देशक खतिवडाले महासंघप्रति यसका सदस्य संघ÷संस्थाहरुको धेरै अपेक्षा रहेको र ती अपेक्षाहरुलाई पुरा गर्ने तर्फ सधै सचेत र सक्रिय रहनु पर्ने बताए । साथै, सरकार र निजी क्षेत्र बीचको साझेदारीलाई थप मजवुद वनाउने कार्यमा आफ्ना अनुभव समेतको भरपुर उपयोग गर्ने विश्वास दिलाउंदै महासंघलाई निजी क्षेत्रको एक सशक्त संस्थाको रुपमा अगाडी बढाउने आफ्नो योजनामा सवैबाट सहयोग पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL