Logo

पोखरामा निर्जीवन बीमा सम्बन्धी तालीम , बैंकले कम भौतिक संरचनाको मूल्याङ्कन गरेको गुनासो

पोखरामा निर्जीवन बीमा सम्बन्धी तालीम , बैंकले कम भौतिक संरचनाको मूल्याङ्कन गरेको गुनासो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२२ चैत,काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले शुक्रबार आयोजना गरेको  निर्जीवन बिमा सम्बन्धी तालीम सम्पन्न भएको छ । तालीम  पोखरामा सम्पन्न भएको छ ।

तालीममा बैंक, बिमा तथा अन्य क्षेत्रका गरी ४५ जनाको सहभागिता रहेको पोखरा च्याप्टरका अध्यक्ष सुनयना पालिखेले जानकारी दिइन् ।

तालीममा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, प्रिमियरका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्यायलगायतले सहजीकरण गरेका थिए ।  तालीमको अद्धघाटन गर्दै बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले केही बैंकले बास्तविक भन्दा कम भौतिक संरचनाको मूल्याङ्कन गर्ने गरेको गुनासो गरे ।

निप्स पोखराका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक सुनयना पालिखेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निप्सका सदस्य राजु पौडेल, तालिम संयोजक गोविन्द देवकोटालगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL