Logo

राष्ट्रिय वाणिज्य बैंकमा हप्तामा दुई दिन दौरा सुरुवाल, स्वदेशी उत्पादनलाई प्रवद्र्धन

राष्ट्रिय वाणिज्य बैंकमा हप्तामा दुई दिन दौरा सुरुवाल, स्वदेशी उत्पादनलाई प्रवद्र्धन


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
२० कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना कर्मचारीलाई दौरा सुरुवाल कोट तथा सारी लगाउनु पर्ने व्यवस्था लागू गरेको छ । बैंकका उच्च पदस्थ पुरुष कर्मचारीले हप्तामा दुई दिन अनिवार्य रुपमा दौरा सुरुवाल, कोट, टोपी र महिला कर्मचारीले सारी, चोलो, स्वेटर वा कोट लगाउनु पर्ने व्यवस्था गरिएको छ ।bb
तत्कालका लागि प्रमुख कार्यकारी अधिकृत,नायव महाप्रवन्धकदेखि मुख्य प्रवन्धकसम्मका कर्मचारीले हप्तामा दुई दिन यस्तो कपडा लगाउनु पर्नेछ । बैंकले विहिबार जारी गरेको पेश विज्ञप्ति अनुसार प्रत्येक बुधबार र विहीबारका लागि यस्तो कपडा लगाउनु पर्ने छ ।

बैंकले विज्ञप्ती जारी गर्दै प्रमुख कार्यकारी अधिकृत, नायव महाप्रवन्धकदेखि मुख्य प्रवन्धकसम्मका नयाँ पोशाक तोकिएको उल्लेख छ । उक्त प्रावधानबाट स्वदेशी उद्यम प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL