Logo

अर्थमन्त्रीको गाडीमा ढुङ्गा प्रहार, त्यस्ता कार्यबाट नडराइने महतको भनाइ

अर्थमन्त्रीको गाडीमा ढुङ्गा प्रहार, त्यस्ता कार्यबाट नडराइने महतको भनाइ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

११ चैत, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतको गाडीमा ढुङ्गा प्रहार भएको छ । एक कार्यक्रममा पोखरा जाने क्रममा ३० दलीय मोर्चाले विरोध स्वरुप कालोझण्डा देखाएर गाडीमा ढुङ्गामुढा प्रहार गरेका हुन् । मोर्चाका ४÷५ जना कार्यकर्ताले उनको गाडीमा आक्रमण गरेका थिए ।

अर्थमन्त्री डा. महतमाथी आक्रमण गर्न खोज्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनको गाडीमा भने समान्य क्षति पुगेको समाचार स्रोतले जानकारी दिएको छ ।

यता अर्थमन्त्री डा. महतले भने आफूमाथी भएको आक्रमणलाई विपक्षीले नाङ्लो ठटाएर हात्ती तर्साउन लागेको संज्ञा दिएका छन् । ‘विपक्षीले अनाश्यक कार्यगरी जनमत भड्काउने कोशिस गरिरहेका छन्,’ कास्कीको सल्यानकोटमा आयोजित एक कार्यक्रममा उनले भने, ‘उनीहरुका त्यस्ता क्रियाकलापले कोही पनि भड्किने छैन ।’ साथै, विपक्षीका त्यस्ता अनावश्यक क्रियाकलापबाट कोही पनि नडराउने समेत उनको भनाइ थियो ।

पछिल्लो सयम सरकाले गाउँगाउँमा पूर्वाधार विकासको कामलाई द्वुत गतिमा अघि बढाएको बताउँदै गाउँका युवालाई कृषिमा लाग्नु पर्ने बताएका छन् । यस्तै, हाल ३० दलीय मोर्चाले गर्दै आएका अनावश्यक कामबाट विचलित नहुन समेत उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL