Logo

चीनले १२ अर्व ८३ करोड अनुदान उपलब्ध गराउने, नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने उद्देश्य

चीनले १२ अर्व ८३ करोड अनुदान उपलब्ध गराउने, नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने उद्देश्य


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ चैत,काठमाडौं । चीनले नेपालको सामाजिक तथा आर्थिक विकासमा सघाउन १२ अर्व ८३ करोड ३ लाख अनुदान उपलब्ध गराउने भएको छ । दुई देशबीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० औं बर्षको अवसर पारेर चीनले आर्थिक तथा प्राविधिक सहायताअन्तर्गत उक्त रकम नेपाललाई उपलब्ध गराउन लागेको हो ।

पूर्वाधार विकास आयोजनालगायत दुवै मुलुकले सहमति जनाएका विकास–निर्माणका काम कार्यान्वयन गर्न चीनले उक्त रकम प्रदान गर्न लागेको हो ।

अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा अर्थमन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा अनुदान सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भयो ।

सम्झौतामा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले हस्ताक्षर गरे । नुदानस्वरुप चीन सरकारबाट प्राप्त सहयोग आगामी आर्थिक वर्षदेखि खर्च गरिनेछ । विभिन्न मन्त्रालयअन्तर्गतका परियोजना कार्यान्वयनमा उक्त रकम सदुपयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

सो अवसरमा अर्थसचिव शर्माले नेपाल र चीनबीचको सम्बन्ध सुमधुर रहेको बताए । साथै मंगलबार भएको सम्झौता हालसम्मकै ठूलो अनुदान सहयोग भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL