Logo

कार्टेलिङको पक्षमा ग्यास उद्योग संघ, नयाँ उद्योगको विरोध

कार्टेलिङको पक्षमा ग्यास उद्योग संघ, नयाँ उद्योगको विरोध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
१ चैत, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले नयाँ आउन लागेको ग्यास उद्योगको विरोध गर्दै कार्टेलिङको पक्षमा उभिएको छ । संघले सुरक्षा निकायलाई ग्यास उद्योग खोल्न दिएको सरकारको निर्देशन फिर्ता लिन माग गरेको हो ।

प्रहरीले सरकारको निर्देशनअनुसार ग्यास उद्योग खोल्ने प्रक्रिया अघि बढाएकै बेला  संघले आईतवार एक विज्ञप्ती जारी गर्दै त्यस्को विरोध गरेको हो । निजी क्षेत्रको उपस्थिती रहेको ग्यास उद्योगमा सरकारी निकायबाट हुने लगानी गरेर खुला अर्थतन्त्रको सिद्धान्त विपरित भएको भन्दै त्यसलाई फिर्ता लिन संघले माग गरेको हो ।

संघले अहिले भएका ५३ ओटा ग्यास उद्योग नै बजारको माग भन्दा बढी भएको भन्दै नयाँ उद्योगको अवश्यक नरहेको दाबी गरेको छ ।

ंग्यास  उद्योगीहरुले नयाँ सिलिण्डर विक्री गर्न तथा ग्यास आयातमा कोटा बढाउन यस वर्षको हिउदयाममा ग्यासको कृत्रिम अभाव गराएका थिए । त्यसपछि प्रहरीले आफ्नो प्रहरी कल्यान कोषको रकम बाट ग्यास उद्योग स्थापना गर्ने प्रक्रिया शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL