Logo

अर्थमन्त्री डा महत धुलिखेल अस्पतालमा, आजै अपरेसन

अर्थमन्त्री डा महत धुलिखेल अस्पतालमा, आजै अपरेसन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ फागुन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महत अपरेसनका लागि धुलिखेल अस्पतालमा भर्ना भएका छन । उनको पित्तथैलीमा पत्थरी भएपछि अपरेसनका लागि अस्पताल भर्ना भएका हुन ।

पारिवारिक सूत्रका अनुसार उनको आजै अपरेसन हुने भएको छ । यसअघि पनि डा महत नर्भिक अस्पतालमा भर्ना भएका थिए र करिब दुई महिनापछि अपरेसन गरेपनि हुने चिकित्सकको सल्लाह बमोजिम उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।

धुलिखेल अस्पतालमा उनलाई डा रामकण्ठ माकाजुसहितको चिकित्सकहरुको टोलीले हेरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL