Logo

विमानस्थल ५ बजे खुल्ने , दुर्घटनाग्रस्त विमानलाई धावनमार्गमा ल्याइयो

विमानस्थल ५ बजे खुल्ने , दुर्घटनाग्रस्त विमानलाई धावनमार्गमा ल्याइयो


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

२३ फागुन,काठमाडौं । शनिवार दिउँसो ५  बजेपछी अन्तरराष्ट्रिय उडान सुचारु गरिने भएको छ । टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजलाई रनवेबाट पार्किङमा लगेपछी अन्तरराष्ट्रिय उडान सुचारु गरिने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
‘विमानलाई शनिवार ४ बजेसम्म पार्किङमा पुरयाइन्छ’, एक अधिकारीले भने ‘त्यसपछी अन्तरराष्ट्रिय उडान सुचारु हुन्छ ।’

यता नागरिक उड्डयन प्राधिकरणले भने दिउँसो २ बजेपछी अन्तरराष्ट्रिय उडान सुरु गरिने बताएको छ । प्राधिकरणले शनिवार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । ‘दिउँसो दुई बजेसम्म विमानलाई पाकिङस्थलसम्म पुर्याउछौं, त्यसपछी उडान सुचारु हुन्छ’ नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक रतिशचन्द्र  लाल सुमनले भने ।

तर विमान मर्मतका लागि अझै समय लाग्ने भएकोले २ बजे नै उडान सुचारु गर्न असम्भव रहेको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार विमान मर्मतका लागि अझै २ घण्टा लाग्छ ।

turkish 2

 

 

रनवे छाडेर घाँसे मैदानमा पुगेको विमानलाई प्राविधिकहरुले रनवेसम्म ल्याइपुर्याएका छन् । विमानलाई ब्लाडर फुलाएर माथि उठाइ तानेर रनवेमा ल्याइएको बताइएको छ । जहाजलाई भारतीय तथा नेपाली टोलीले करिव सय मिटर तानेर धावनमार्गमा ल्याएका हुन् । विमानको नोज गियर (अगाडिको चक्का) विग्रेको थियो । रातभरीको प्रयासपछि विहान ३ बजे जहाज उठाएको र पौने ९ बजे खाल्डोबाट निकालिएको प्राविधिकहरुले जानकारी दिएका छन् ।

जहाज तान्न भारतका १२ जना प्राविधिक, नेपाल आर्मीका ४ सय जवान तथा ३ सय भन्दा बढी प्रहरी परिचालन गरिएको छ । विमानलाई काठको आधारमाथि ब्लाडर फुलाएर उठाएपछि धावनमार्गमा ल्याउन सफल भएको बताइएको छ । साथै जहाज सन्तुलनमा ल्याएर लगेज तथा कार्गो बाहिर निकालिएको छ ।

CAM04536

 

प्राधिकरणका महाप्रवन्धक रतिशचन्दै लाल सुमनले यात्रुको चापलाई व्यवस्थित गर्न चौविसै घण्टा उडान अवतरणको व्यवस्था मिलाउने बताएका छन् । ‘यात्रुको चाप बढेकोले केही समय चौविसै घण्टा उडान अवतरणको व्यवस्था गर्नेछौं’ उनले भने टर्किस एयरलाइन्सको विमान गत बुधवार दुर्घटनाग्रस्त भएपछी अन्तरराष्ट्रिय उडान रोकिएको हो । विमान  बुधवार विहान ३ बजे दुर्घटनाग्रस्त भएपछी विदेश उड्ने तथा विदेशबाट फर्कने यात्रुहरु अलपत्रमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL