Logo

बन्द विमानस्थल शनिवार १० बजेपछि खुल्ने

बन्द विमानस्थल शनिवार १० बजेपछि खुल्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२२ फागुन, काठमाडौं । ‘रनवे’मै टर्किस विमान दुर्घटना भएपछि बुधबारदेखि बन्द त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल शनिबार १० बजेसम्म खुल्ने भएको छ ।

laxmi

शुक्रबार ५ बजे सम्म खुल्ने भनिएपनि त्यो सम्भव नभएपछि शनिबारको समय तोकिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार अहिले उक्त विमानलाई रन वेबाट हटाउने प्रयास जारी छ । हाल विमानको टायरमा हावा भरेर उठाउने काम सम्पन्न भएको छ ।
बुधबार विहान खराब मौसमका कारण विमानको टायर खुल्न नसकेपछि रन वेमै दुर्घटना भएको थियो । विमानमा २ सय २३ यात्रु तथा ११ जना कर्मचारी थिए ।

मानवीय क्षती नभएपनि रन वेबाट हटाउन नेपालले भारतको विशेष विमानमार्फत प्राविधिक सामान झिकाएको थियो । भारतीय उक्त विमान बिहिबारनै फर्किएको छ ।
विमानस्थल नखुलेपछि हजारौं यात्रु अहिले अलपत्र परेका छन् । ३० हजारभन्दा बढी यात्रु अहिले विमानस्थल क्षेत्रमा त्यत्तिकै समय कटाउन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL