Logo

साढे ३ अंकले घट्यो नेप्से, २२ करोडको कारोवार

साढे ३ अंकले घट्यो नेप्से, २२ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
१९ फागुन,काठमाडौं । मंगलवबर नेप्से परिसुचक ३ दशमलव ४३ अंकले ओरालो लागेको छ । सोमबार ९ अंकले बढेको नेप्से मंगलवार ९ सय ८१ दशमलव ४२ अंकमा पुगेर बजार बन्द भएको छ ।

सो दिन बैंक समूहको परिसुचक ३ दशमलव ४२ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंकको १ दशमलव १८, फाइनान्स १ दशमलव ४६ अंकले घटेको छ । बीमा समूहको सवैभन्दा बढी ४६ दशमलव ०३ अंकले घटेको छ । यता उत्पादन समूहको १ दशमलव १८ अंकले बढेको छ । त्यस्तै होटल तथा जलविद्युत समूहको सुचक ० दशमलव ४४ र ६ दशमलव २७ अंकले उकालो लागेको छ । ७६ लाख ६४ हजार कित्ता सेयर किनबेचबाट २२ करोड ४५ लाखको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL