Logo

हुवावेले ल्यायो अनर होलि योजना, नगद छुट तथा टिसर्ट उपहार पाइने

हुवावेले ल्यायो अनर होलि योजना, नगद छुट तथा टिसर्ट उपहार पाइने


रामराजा श्रेष्ठ
0
Shares

 बिजखबर संवाददाता
१७ फागुन, काठमाडौं । हुवावे मोवाइलले होलिको अवसरमा हुवावे अनर होलि हंगाामा योजना ल्याएको छ । योजनाअन्तर्गत हुवावको अनर होली मोबाइल खरिद गर्दा टिसर्ट, नगद छुट तथा स्योर सट उपहारहरु प्राप्त गर्न सकिने छ । टेली टू प्रालीका अध्यक्ष पुरुषोत्तम बस्नेतले फागुन १७ गतेदेखि २४ गतेसम्म आयोजना लागू हुने बताए ।

सो योजनामा पाको न्यूरोड क्षेत्रका पसल तथा ताम्राकार कम्प्लेक्सका पसलहरुमा हुवावेको अनर होली स्मार्टफोन खरिद गर्दा आकर्षक टिसर्ट, नगद छुट तथा स्योर सट उपहार प्रदान गर्ने बताइएको छ । योजना अवधिभर अनर होली खरिद गर्ने ग्राहकमध्येबाट लक्कि ड्रमार्फत एक जनाले हुवावे अनर होली पुरस्कार जित्ने उनले जानकारी दिए ।

होलीको माहौललाई उल्लासमय बनाउन विभिन्न उपहारहरु स्योर सटमा दिईने समेत बस्नेतले बताए । कम्पनीले स्योर सट उपहारमा होली खेल्न आवश्यक पर्ने पिच्कारी, रंगहरु, बेलुनहरुलगायतका आकर्षक वस्तुहरु गिफ्ट हृयाम्परमा दिने भएको छ । यससँगै न्यूरोड क्षेत्रमा हुवावेका मोबाइलहरु विशेषगरी अनर होली मोडलको माग निकै रहेको बताइएको छ ।

हुवावेको अनर होली मोबाइलको मूल्य १३ हजार ९ सय ९९ रुपैंया तोकिएको छ । अनर होलीमा १दशमलव ३ गीगाहर्जको क्वाड कोर छ । त्यस्तै सो स्मार्टफोनमा ५ इन्चको आईपीएस एलसीडी क्यापासीटिभ डिस्प्ले छ ।

एकै पटक दुई सिम प्रयोग गर्न मिल्ने सो स्मार्टफोनमा १ जीबी र्याम, १६ जीबी आन्तरिक मेमोरी, ३२ जीबीसम्म एक्स्पान्डेवल मेमोरीलगायत सुविधा छन् । यसमा ८ मेगापिक्सल अटोफोकश क्यामरा तथा २ मेगापिक्सलको फ्रण्ट क्यामरा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL