Logo

अर्थमन्त्री र अमेरिकी राजदुतको भेट, नेपालमा विदेशी लगानी भित्र्याउने मौका नगुमाउन सल्लाह

अर्थमन्त्री र अमेरिकी राजदुतको भेट, नेपालमा विदेशी लगानी भित्र्याउने मौका नगुमाउन सल्लाह


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ फागुन,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले नेपाल सरकार देशको आर्थिक प्रगती र जनताको जीवनस्तर उकास्ने काममा लागेको बताए । बुधवार नेपालका लागि अमेरिकी राजदूत पीटर डब्ल्यू बोडेसँगको भेटमा उले यस्तो बताएका हुन् ।

सो अवसरमा महतले यसको परिणामस्वरुप दातृ राष्ट्र तथा संस्थाहरुबाट उच्च सदाशयताका साथ सहयोगहरु तथा लगानी पनि बढ्न थालेको बताए । साथै अमेरिकी सरकारले नेपाललाई नयाँ ढोका खोलेर सहयोग उपलब्ध गराउने घोषणा गरेकोमा धन्यवाद समेत दिए ।
डा. महतले सत्तारुढ दलहरुले अधिकतम लचकता अपनाएर संबिधान निर्माणमा जोड दिएको स्पष्ट जानकारी दिए । अमेरिकाले नेपालमा नयाँ सरकार आएसँगै कम्प्याक्ट प्रोग्रामका नामले सहयोगको नयाँ ढोका खोलेको छ । यस अन्तर्गत १० अर्बदेखि ६० अर्ब रुपैयाँ सम्मको वार्षिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ । यो अमेरिकाले नेपाललाई नियमितरुपमा गर्दै आएको सहयोगको अतिरिक्त सहयोग हो ।

सो अवसरमा राजदूत बोडेले भारत र चीन लगायत नेपालको अन्तर्राष्ट्रिय सम्वन्धमा अहिले ठूलो सुधार आएको धारण व्यक्त गरे । साथै विदेशी सहयोग तथा लगानी आकर्षित गरी आर्थिक प्रगति गर्ने अनुकूल वातावरण निर्माण भएको बताए ।
उनले भने ‘यो मौका गुमाउनु हुँदैन’।

बोडेले यसका लागि संविधान समयमा जारी गर्नु उचित भएको बताए । भेटघाटका अवसरमा कम्प्याक्ट प्रोग्रामलाई कार्यान्वयनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी संरचना बनाउने सम्वन्धमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL