Logo

भन्सार मूल्यांकनमा तजविजी नुहने ढुङगानाको भनाइ, जनकपुर भन्सार संचालनमा आउने

भन्सार मूल्यांकनमा तजविजी नुहने ढुङगानाको भनाइ, जनकपुर भन्सार संचालनमा आउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

९ फागुन, जनकपुरधाम । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भन्सार मूल्यांकन भन्सार अधिकृतको तजविजीमा नहुने बताएका छन् । व्यावसायिक क्षेत्रबाट बेलाबेलामा भन्सार मूल्यांकन तजविजी रुपमाहुने र त्यसले आयातित बस्तुको मूल्य निर्धारणमा एक रुपतान देखिएको बताईरहेकाबेला महानिर्देशक ढुङ्गानाले मूल्यांकन लागि वैधानिक तरिका रहेको र कर अधिकृतले पद्धति बाहिर गएर आफूखुसीगर्न नसक्ने बताएका हुन् ।

नेपालआर्थिक पत्रकार समाज (सेजन) र अमेरिकन राजदुतावासको संयुक्त आयोजनामा जनकपुरमा शानिबारदेखि सञ्चालित २ दिने आर्थिक पत्रकारिता प्रशिक्षण कार्यक्रममा महादिर्नेशक ढुङ्गानाले व्यवसायी र सरकारी कर्मचारी ईमान्दार र व्यवसायिक भए भंसार मूल्यांकनमा समस्या नुहने जानकारी दिए । ‘वास्तविकता, व्यावसायिकता र ईमान्दारीता व्यावहारमा प्रबद्र्धन गरि भन्सार छल्ने प्रबृत्ति रोकियो भने धेरै समस्या व्यवस्थित हुन्छ,’ उनले भने, ‘भन्सार एक्लैले एकांकी आधारमा कुनै बस्तुको मूल्यांकन गर्न सक्दैन ।’

जनकपुरको जटहीस्थित भन्सार कार्यालय एक वर्षदेखि बन्द रहनु दुःखदभएको बताउँदै सरकार जटही भन्सार कार्यालयलाई व्यवस्थित बनाई खुलाउन लागि परेको जानकारी दिए । ‘भन्सार कार्यालयको जग्गा खरिद प्रक्रिया सुरु भईसकेको छ,’ उनले भने, ‘भन्सार सुचारु गर्न र व्यवस्थित बनाउन भारतीय राजदुतावाससँग समेत छलफल भईरहेको छ ।’ साथै, जनकपुरको विकासका लागि र जनकपुरलाई चलायमान बनाउन भन्सार कार्यालयको ठूलो हात रहेको उनको भनाइ थियो । ज्ञान र शीप सिकाएर कहिल्यै नसकिने भन्दै उनले मोफसलमा रहेका सञ्चारकर्मीले स्थानीय मुद्धालाई राष्ट्रिय मुद्धा बनाउन सके त्यसले समग्र मुलुककै समून्नतिका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर (हिरा) शाहले भन्सार कार्यलय वर्षदिन देखि बन्दहुँदा राज्यले ठूलो मात्रा राजस्व गुमाएको बताए । साथै भन्सार नहुँदा स्थानीय उद्योग व्यवसाय पलायन भईरहेकाले जनकपुरबासी पिडित भएको समते उनले जानकारी दिए । विगतमा जनकपुरलाई केन्द्रविन्दुमा राखेर विशेष आर्थिक क्षेत्र सञ्चालनगर्ने प्रस्तावआए पनि पछिल्लो समय सो प्रस्ताव अलपत्र परेको बताउँदै स्थानीय सञ्चारकर्मीहरुले त्यसको खोजीगरि सरकारको ढोका ढक्ढक्याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL