Logo

विद्यालयलाई १५ लाखको जग्गादान

विद्यालयलाई १५ लाखको जग्गादान


बिजखबर संवाददाता
27
Shares

बेनी । म्याग्दीका एक व्यक्तिले आफ्ना स्व बुबाआमाको स्मृतिमा रु १५ लाखभन्दा बढी मूल्य पर्ने एक रोपनी तीन आना जग्गा विद्यालयलाई निःशुल्क प्रदान गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका–५ पुरण्डी घर भई हाल रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–८ बुद्धचोक भैरहवामा बसोबास गर्दै आउनुभएका गोपाल रामदामले स्व बुबा नरबहादुर र आमा धनसरी रामदामको स्मृतिमा सो जग्गा पुरण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दान गरेका हुन् ।

आइतबार जिल्ला मालपोत कार्यालय म्याग्दीमा विद्यालयको नाममा सो जग्गा रजिष्ट्रेशन पास गरिदिएपछि दाता रामदामलाई मालपोत परिसरमा नै सम्मान गरिएको सरस्वती आधारभूत विद्यालयका शिक्षक गणेश दर्जीले बताए ।

रामदामले बेनी–कुहूँ सडकखण्डमा पर्ने पुलाचौर १ ९ख० ४२५ कित्ता नम्बरको एक रोपनी तीन आना जग्गा विद्यालयको नाममा पास गरिदिएको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

जग्गाको अभावमा अति जोखिमयुक्त र साँघुरो ठाउँमा विद्यालय सञ्चालन हुँदै आएकोमा अब जग्गा प्राप्त भएपछि धेरै सहज र विद्यार्थीलाई सुविधा हुने विद्यालयका प्रधानाध्यापक नारायण शर्माले जानकारी दिए ।

कक्षा ५ सम्म पढाइ हुने सो विद्यालयमा दलित समूदायका मात्र ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
MBL