Logo

चेम्बर अफ कमर्सको अध्यक्षमा पुन: श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा मल्ल चयन

चेम्बर अफ कमर्सको अध्यक्षमा पुन: श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा मल्ल चयन


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।

चेम्वरको ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो ।

मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको चेम्बरले जानकारी दिएको छ । नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् ।

त्यस्तै कमलेशकुमार अग्रवाल उपाध्यक्ष वाणिज्यतर्फ, महेन्द्रमान श्रेष्ठ उपाध्यक्ष उद्योगतर्फ, दीपककुमार मलहोत्रा उपाध्यक्ष जिल्ला, नगरतर्फ, इच्छाराज तामाङ उपाध्यक्ष वस्तुगततर्फ, नरेश श्रेष्ठ उपाध्यक्ष संस्थागततर्फ तथा भाष्करराज राजकर्णिकार उपाध्यक्ष विशिष्ट मानार्थतर्फ गरी ६ जना उपाध्यक्षहरु सर्वसम्मत चुनिएका हुन् ।
जसअनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्र कुमार खत्री र प्रदेश ७ मा प्रकाश साउद केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL