Logo

नेपाल माहेश्वरी परिषद्को प्रथम साधारण सभा सम्पन्न

नेपाल माहेश्वरी परिषद्को प्रथम साधारण सभा सम्पन्न


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । नेपाल माहेश्वरी परिषद्को सष्टम सत्रको प्रथम साधारण सभा शनिबार काठमाडौंको नक्सालमा सम्पन्न भएको छ ।

माहेश्वरी समाज काठमाडौंको आतिथ्यतामा उक्त साधारण शभा सम्पन्न भएको हो ।

उक्त साधारण शभामा नेपाल राष्ट्रिय मारवाडी परिषद, अखिल भारत वर्षीय माहेश्वरी महासभा तथा माहेश्वरी युवा मंच काठमाडौं लगायतका संघसंस्थाका पदाधिकारिहरुका उपस्थिती रहेको थियो ।

साधारण सभामा परिषदका महासचिव विमल किशोर राठीले प्रस्तुत गरिएको कार्य प्रगति विवरण, कोषाध्यक्ष दुलीचन्द डागाले प्रस्तुत गरेकोे लेखा परीक्षकको प्रतिवेदन सहितिको आय व्यय विवरण र वासलात सर्वसम्मतीबाट पारित गरिएको थियो ।

सभामा विभिन्न प्रस्तावहरु माथि छलफल भइ सर्वसम्मतीले पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL