Logo

सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जबिच सम्झौता, दुबईमा रहेका नेपालीलाई रकम पठाउन थप सहज

सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जबिच सम्झौता, दुबईमा रहेका नेपालीलाई रकम पठाउन थप सहज


बिजखबर संवाददाता
432
Shares

काठमाडौं । दुबईको रेमिटेन्स कम्पनी अल् फर्दान एक्स्चेन्ज, दुबई र सिटी एक्स्प्रेस मनी ट्रान्स्फर बिच सम्झौतामा हस्ताक्षर भएको छ । यससँगै दुबईमा रहेका नेपालीहरुले कुनै पनि अल् फर्दान एक्स्चेन्जको ६४ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरमा रकम पठाउन सक्नेछन् ।

त्यसरी पठाएको रकम सिटी एक्स्प्रेसको ५००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सक्ने बताएको छ । यो सम्झौतामा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको तर्फ बाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले र अल् फर्दान एक्स्चेन्जका सीईओ ओसामा अल् रह्माले हस्ताक्षर गरे ।

यो सम्झौता पत्रमा दस्तखत गर्दै ओसामा अल् रह्माले सिटी एक्स्प्रेससँग सम्झौता भएकोमा ज्यादै खुशी लागेको व्यक्त गरेका छन् ।
आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन् सहज हुने र आउने दिनमा यो सम्बन्ध अझ मजबुत हुँदै जाने जानकारी दिएको छ ।

साथै सिटी एक्स्प्रेस र अल् फर्दान एक्स्चेन्जले नेपाल बाहेक अन्य देशहरुमा पनि नयाँ प्रविधी अनुसार सहकार्य गर्दै जाने समेत बताए । सिटी एक्स्प्रेसले रेमिटान्स छेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि रेमिटान्स सेवा दिदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL