Logo

भुकम्प पीडितलाई ढुङ्गा र बालुवा निःशुल्क

भुकम्प पीडितलाई ढुङ्गा र बालुवा निःशुल्क


बिजखबर संवाददाता
3.3k
Shares

विदुर । नुवाकोटका भुकम्प पीडितलाई बालुवा र ढुङ्गा निःशुल्क उपलब्ध गराइने भएको छ । उनीहरुलाई स्थानीय तहको सिफारिसको आधारमा खोलाबाट निःशुल्क बालुवा र ढुङ्गा उत्खनन् गर्न पाउने व्यवस्था गरिएको विदुर नगरपालिकमा मेयर सञ्जु पण्डितले जानकारी दिए ।

जिल्ला समन्वय समिति नुवाकोटको मंगलबार बसेको सर्वपक्षीय बैठकले भुकम्पबाट पूर्णरुपमा घर क्षति भई पुनर्निमाणमा समस्या भोगिरहेका भुकम्प पीडितलाई खोलामा स्थानीय तहको समन्वयमा आवश्यक बालुवा उत्खनन् गर्न पाउने निर्णय गरेको हो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र स्थानीय तहका जनप्रतिनिधिहरुको सयुक्त बैठकले उक्त निर्णय गरेको हो । सो निर्णयबाट ढुङ्गा तथा बालुवाको अभावमा घर निर्माण गर्न समस्या भोगिरहेका जानतालाई राहत पुग्ने पण्डित बताउँछन् । ‘लाभग्राहीलाई आफैंले नजिकको खोलामा गएर बालुवा तथा ढुङ्गा संकलन गरेर लैजना सक्नेछन्,’ उनले भने, ‘तर, जिल्ला समन्वय समितिलाई तिर्नुपर्ने कर भने तिर्नुपर्नेछ ।’ तर, त्यसरी बालुवा लैजादा डोजर तथा एक्साभेटर प्रयोग गर्न भने नपाइने उनले जानकारी दिए ।

नुवाकोटमा प्रशासनले अबैध रुपमा संचालन भइरहेका बालुवा खानीलाई रोक लगाएसँगै पूनर्निर्माणका बालुवाको अभाव बढेको थियो । सम्बन्धित भुकम्प पीडित आफैले उत्खनन् गरेर लैजान पाउने व्यवस्था गरेगँसै उक्त समस्या हट्ने सम्बघ सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL