Logo

हुन्डाइ बन्योे सर्वाधिक लोकप्रिय व्राण्ड, २०१४ मा ४ लाख गाडी विक्री

हुन्डाइ बन्योे सर्वाधिक लोकप्रिय व्राण्ड, २०१४ मा ४ लाख गाडी विक्री


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

५ फागुन, काठमाडौं । हुण्डाई मोटर्स इण्डिया लिमिटेडले यस बर्ष ‘इण्डियन कार अफ दी इयर २०१५’ को उपाधिसहित विभिन्न विधामा ३२ ओटा अवार्ड प्राप्त गरेको छ ।

कम्पनीले उत्पादन गरेको ‘एलिट आईट्वाण्टी’का लागि सो उपाधिबाट सम्मानित गरिएको हो । यससँगै हुण्डाइ लगातर २ सो उपाधि जित्ने कम्पनी भएको छ ।

अटो सम्वन्धि समाचार सम्प्रेषण गर्ने विभिन्न समाचारमाध्यम मार्फत कम्पनीले अवार्ड प्राप्त गरेको छ । कम्पनीलाई अवार्ड प्रदान गर्ने सञ्चारमाध्यमहरुमा टप गियर,अटोमेकर,कार इण्डिया ,कार देखोलगायत छन् ।

हुण्डाईले सन् २०१४ मा ४ लाख १० हजार भन्दा बढी कार विक्री गरेको थियो । यी अवार्डले कम्पनीलाई आगामी बर्षहरुमा उत्कृष्ट कार उत्पादनमा हौसला प्रदान गरेको कम्पनीका प्रवन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत बीएस सीओले बताए । ‘ग्राहक,मिडिया तथा निणार्यकले हुण्डाइलाई भारतमा सबैभन्दा लोकप्रिय र कारको रुपमा छनोट गरेको छ’ उनले भने यसले हामीलाई थप गुणस्तरीय सामान उत्पादन गर्न हौसला तथा प्रेरणा दिएको छ ।

कम्पनीले एक्सेण्ट र सान्टाफे सार्वजनिक गरेको ५ महिनाभित्रै एलिट आईट्वान्टी सार्वजनिक गरेको थियो । यस अधि सार्वजनिक गरिएको हुन्डाई ग्राण्ड सन् २०१४ को इण्डियन कार अफ दी इयर अवार्ड हासिल गर्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL