Logo

प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच सहकार्य, युएईबाट पठाएको रकम प्रभुबाट लिन सकिने

प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जबीच सहकार्य, युएईबाट पठाएको रकम प्रभुबाट लिन सकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । प्रभु मनी ट्रान्स्फर र युएई एक्स्चेन्जसँग सहकार्य गरेको छ ।

युएई एक्स्चेन्जको बिभिन्न देशहरुमा रहेको शाखा कार्यलयहरुबाट नेपालीले आर्जन गरेको रकमलाई अझ सजिलो र सरल तबरले तुरुन्त नेपाल पैसा पठाउने उद्देश्यसहित सहकार्य गरेको हो ।

युएई एक्स्चेन्जको फ्लयास रेमिट्टान्स सिस्टम मार्फत पठाएको रकम अब नेपालमा प्रभुमनी ट्रान्स्फरको ७००० भन्दा धेरै एजेन्टहरुबाट तुरुन्तै भुक्तानी लिन सकिन्छ ।

साथै नेपालमा रहेका कुनै पनि बैंकको खातामा पैसा पठाउने सुबिधा पनि प्रदान गरेको छ । पठाएको पैसामा नेपालमा कुनै पनि सर्भिस चार्ज काटिने छैन र पुरै पैसा पाउने र खातामा जम्मा हुने कम्पनीले जानकारी दिएको छ ।

साथै नेपालीले आर्जन गरेको रकमलाई कुनै पनि समयमा तुरुन्त भुक्तनी लिन तथा बिभिन्न सेवाहरु समाबेश भएको र नेपाल रास्ट्र बैंकबाट स्विकृती प्राप्त रेमिट्टान्स कार्ड्मा समेत पैसा पठाउन सकिनेछ ।

रेमिट्टान्स कार्डमार्फत प्रभु बैंकको१२६ वटा एटिएम साथै एन्पिएन नेटवर्कको ६०० भन्दा बढी एटिएम र चाडैनै एससिटीको ८०० भन्दा बढी एटिएमबाट रकम सहजै निकाल्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL