Logo

पोखरा राइनोजमा ३ विदेशी खेलाडी, समुहबाटबाट खेल्ने उत्कृष्ट प्रतिस्पर्धीको समेत चयन

पोखरा राइनोजमा ३ विदेशी खेलाडी, समुहबाटबाट खेल्ने उत्कृष्ट प्रतिस्पर्धीको समेत चयन


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । टीभीएस एभरेष्ट प्रिमियर लिगमा सहभागिताका लागि पोखरा राइनोज्ले ३ विदेशी खेलाडी समेत समावेश गरेको छ ।

समुहले विदेशी खेलाडी इसरार उल्लाह, अलीआशिफ र ताजवाली समुहमाअनुबन्धित गरेको हो ।

चयन गरिएका तीनै खेलाडी पाकिस्तानी मुलका रहेका छन् । खेलाडीमध्य ईसरार उल्लाह ३० बर्षिय पाकिस्तानी खेलाडी हुन् । क बर्गका खेलाडी मध्य पर्ने उल्लाह पेशावरका लागि खेल्छन् । त्यसैगरी, अलीआशिफ २६ बर्षिय पाकिस्तानी खेलाडी हुन् ।

उनी ईस्लामाबाद युनाइटेडका लागि खेल खेल्ने गर्थे भने ताजवाली पनि पाकिस्तानको क बर्गकै खेलाडी मध्य पर्छन् । सन् २०१५–१६माआयोजित काजी–ई–ट्रफीको चौथौँ राउण्डको पाकिस्तानमा आयोजित फस्र्ट क्लास डोमेस्टिक क्रिकेटमा उनी २० बर्षको अन्तरालमा ४ बलमा ४ विकेटलिने पहिलो खेलाडी समेत बनेका थिए । उनी लेफ्ट ह्याण्ड्स ब्याट्सम्यान हुन् ।

खेलमा उत्कृष्टता तथा स्वदेशी खिलाडीलाई समेत समानअवसर प्रदानगर्ने सोचका साथ समुहले केही समय अगाडी पोखरामा ट्यालेन्ट हन्ट सञ्चालन गरेको थियो । विभिन्न चरणको प्रतिस्पर्धा मार्फत समुहले १ सय २० बाट २४ र २४बाट उत्कृष्ट ७को छनोट गरेको थियो ।

यसरी छनोटमा परेका खेलाडीबाट समेत पोखरा राइनोज्ले प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्ट खेलाडीहरुको छनोट सम्पन्न गरी खेलाका लागि १६ बर्षिय देव शाह छनोट गरी सकेको जानकारी दिएको छ । उनी नेपालमा नै पहिलो लेफ्त आर्म इस्पीइनर चाइनाम्यान हुन ।

विज्ञप्ति अनुसार पोखरा राइनोजमा यस पटक शक्तिगौचन, विनोद भण्डारी, विक्रम सोब, विपिनखत्री, नुरध्वोज सेन, किशोर महतो, राजेश पुलामी मगर, सुनिलधमलालगायत छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL