Logo

संसदमा मात्र पाँच पार्टी !

संसदमा मात्र पाँच पार्टी !


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । अघिल्लो संसदमा करिव ३ दर्जन पार्टी भएकोमा आगामी संसदमा पाँच वटा पार्टी हुने भएका छन् ।

आगामी संसदमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राजपा गरी पाँच पार्टीले मात्र राष्ट्रिय दलको मान्यता पाएका छन् । प्रदेश र प्रतिनिसभा निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कटाएका पार्टी मात्र राष्ट्रिय पार्टी बनेका छन् । संविधानअनुसार कूल सदर मतको ३ प्रतिशत मत ल्याउने पार्टीलाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेका विवेकशील साझा पार्टी, नयाँ शक्ति नेपाल, राप्रपा, राप्रपा प्रजातान्त्रिक, जनमोर्चा, नेकपा माले, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरु भने राष्ट्रिय पार्टीको मान्यता पाउन सकेनन् । त्यस्ता पार्टीका निर्वाचित भएकाहरु स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।

थ्रेसहोल्ड नकटाएका नयाँशक्ति, राप्रपा, जनमोर्चा र नेपाल मजदरुर किसान पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन् ।

जसअनुसार गोरखा २ बाट निर्वाचित नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई, झापा ३ बाट निर्वाचित राप्रपाका राजेन्द्र लिङ्देन, प्युठानबाट निर्वाचित जनमोर्चाकी दूर्गा पौडेल र भक्तपुर १ बाट निर्वाचित नेमकिपाका प्रेम सुवाल स्वतन्त्र सांसदको रुपमा संसदमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL