Logo

शिवरात्रीका लागि सवारी आवागमनको रुट परिवर्तन, भारतीय दर्शनार्थीका लागि छुटै पार्किङ

शिवरात्रीका लागि सवारी आवागमनको रुट परिवर्तन, भारतीय दर्शनार्थीका लागि छुटै पार्किङ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ फागुन,काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रको सवारी आवागमन प्रभावित हुने बताएको छ । सो अवसरमा पशुपतिमा हुने भीड व्यवस्थापनका लागि सवारी आवागमनको रुट परिवर्तन गरिएको महाशाखाले जानकारी दिएको छ । मंगलवार पुरानो बानेश्वरबाट गौशला जाने यातायतलाई बैकल्पिक मार्गबाट पठाउन लागेको हो ।

त्यसैगरी चाबहील चोकबाट हाँडी गाँउ तथा कालोपुलतर्फ जाने र त्रिभुवन निमानस्थलबाट गाडी आउन रोक्न लागेको बताइएको छ । त्यस्तै गौशला ,पुरानो बानेश्वर, मैतीदेवि मोडवाट रातोपुल हुँदै जाने गाडीलाई पनि जान नदिइने महाशाखाले जानकारी दिएको छ ।

बत्तिसपुतली द्धारीका होटलको उत्तरतर्फ शाखा मार्ग सिफल चौरबाट जयबागेश्वरी मार्ग,लामापोखरी,मित्रपार्क गैरीघाट मित्रपार्क तथा तिलगंगा गैशलामा गाडी चलाउन नपाइने बताइएको छ । गौशला रुटमा यात्रु बोक्ने बस,माइक्रोबस लगायत सार्वजनिक सवारी साधनको गन्तव्य र पार्किङ स्थल तोकिएको छ । कोटेश्वरतिरबाट आउनेलाई तिलगंगा र बौद्ध जोरपाटीबाट आउनेलाई गुहेश्वरीमा पार्किङको सुविधा रहेको छ ।

विमानस्थलबाट आउने यात्रुले पनि तिलगांसम्म मात्र गाडीमा आउनु पाउने बताइएको छ । त्यस्तै पशुपति विकास कोषले पास उपलब्ध गराएका सरकारी र प्रेसका गाडी भने गैशाला प्रहरी प्रभागमा पार्किङ गर्न पाउनेछन् । महाशाखाले भारतीय दर्शनार्थीका लागि अमलाकोट र सिफलचौरमा पार्किङको व्यवस्थ गरेको छ । ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL