Logo

ट्याक्सी चालक विनोद बने सबैभन्दा कान्छा सांसद !

ट्याक्सी चालक विनोद बने सबैभन्दा कान्छा सांसद !


बिजखबर संवाददाता
71.5k
Shares

प्रतिधिनिसभा तथा प्रदेशसभाको सम्पन्न निर्वाचनमा ट्याक्सी चालक सबैभन्दा कान्छा सांसद बनेका छन् । प्रदेशसभा अन्तरगत म्यादीबाट निर्वाचित विनोद केसी सवैभन्दा कम उमेरका सांसद बनेका छन् ।

आफ्नो घरव्यवहार धान्नका लागि केसीले २०६० देखि ट्याक्सी चालकका रुपमा काम गर्न थालेका थिए । करिब ५ बर्ष ट्याक्सी चलाएका केसी म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष समेत हुन् ।

बामगठबन्धनको तर्फबाट प्रदेश नम्बर ४ अन्तरगत म्याग्दीको प्रदेश ४ बाट प्रत्यक्ष विर्नाचिन भएका केसीले कांग्रेस समर्थित राप्रपाका भीमप्रसाद गौतमलाई हराएका थिए । बामगठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ३३ वर्षीय केसीले १४ हजार ७ सय ४ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी गौचनले १२ हजार १ सय ७५ मत प्राप्त गरेका थिए ।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क)मा ४२ हजार ९ सय ३३ मतदाता रहेका थिए । जसमध्ये २७ हजार ६ सय ७५ मत खसेको थियो । विसं २०४१ असार २४ गते बेनपा–८ जन्मिभएका केसी शहिद परिवारका सदस्य हुन् ।

मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष हुन । प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए ।

स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ छ । साथै जिल्लाको जलविद्युत, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्ने जानकारी दिए ।

म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका उम्मेदवार भूपेन्द्रबहादुर थापाले २३ हजार ३ सय ३ मत ल्याएर विजयी भएका छन् । साथै सोही क्षेत्रको प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भए /रासस

प्रतिक्रिया दिनुहोस्
MBL