Logo

काठमाडौं ५ बाट इश्वर पोखरेल विजयी, कांग्रेसका प्रकाशशरण १० हजार मतले पराजित

काठमाडौं ५ बाट इश्वर पोखरेल विजयी, कांग्रेसका प्रकाशशरण १० हजार मतले पराजित


बिजखबर संवाददाता
81
Shares

काठमाडौ । काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महासचिव इश्वर पोखरेल विजयी भएका छन ।

उनले नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका छन् । पोखरेलले २३ हजार २९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका महतले १३ हजार १ सय ६९ मत मात्र प्राप्त गरे गरे ।

सो क्षेत्रबाट २ पटकसम्म पराजित भएका पोखरेलले यस पटक भने सानदार जित निकाले । विभिन्न विवादका कारण २ पटकसम्म मत गणना रोकिएको सो क्षेत्रमा केही वेर अघिमात्र नजिता सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL