Logo

सोलुखुम्बुमा बामगठबन्धनको क्लिनस्वीप, कांग्रेसका बलबहादुर केसी ३ हजार मतले हारे

सोलुखुम्बुमा बामगठबन्धनको क्लिनस्वीप, कांग्रेसका बलबहादुर केसी ३ हजार मतले हारे


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सोलुखुम्बु जिल्लामा बामगठबन्धनले क्लिनस्वीप गरेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सोलुखुम्बुमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

सोलखुम्बुको प्रतिनिधिसभामा बामगठबन्धनका उम्मेदवार हेमकुमार राईले जित हासिल गरेका छन् । बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राईले नेपाली कांग्रेसका हेवीवेट उम्मेदवार केन्द्रीय सदस्य बलबहादुर केसीलाई पराजित गरेका हुन् ।

राइले कुल २० हजार ९ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्घन्द्घी नेपाली कांग्रेसका केसीले १७ हजार ७ सय ४५ मत मात्र प्राप्त गरे ।

यसैगरी प्रदेशसभा (क) मा बामगठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् । बस्नेतले १० हजार ६ सय ६७ मत प्राप्त गर्दा कार्कीले ८ हजार ८ सय ४६ मत मात्र ल्याए ।

यस्तै प्रदेशसभा (ख) मा बामगठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् । राजभण्डारीले काँग्रेसका पूर्व्जिल्ला सभापति समेत रहेका आङगेलु शेर्पालाई पराजित गरेका हुन् । राजभण्डारीले १० हजार ३ सय ८७ र शेर्पाले ७ हजार ९ सय २९ मतमा सिमित भए ।

प्रतिक्रिया दिनुहोस्
MBL