Logo

कांग्रेसका प्रकाशमान, गगन र मोहन विजयी

कांग्रेसका प्रकाशमान, गगन र मोहन विजयी


बिजखबर संवाददाता
10.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसले तीन क्षेत्रबाट आफ्नो जित हासिल गरेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले काठमाडौं १, काठमाडौं ४ र रसुवाबाट जित हासिल गरेको हो ।

नेपाली कांग्रेसले शुरुमा काठमाडौं १ बाट विजयी शुरु गरेको थियो । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रलाई हराउँदै विजयी यात्रा शुरु गरेका थिए ।

यसैगरी काठमाडौं ४ बाट नेपाली कांंग्रेसका गगन थापा विजयी भएका छन् । उनले बामगठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई हराउँदै बिजयी भएका हुन् ।

यसैगरी रसुवाबाट नेपाली कांंग्रेसकै मोहन आचार्य विजयी भएका छन् । उनले पनि बामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार जनार्दन ढकाललाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL