Logo

प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे विजयी

प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दिपक मनाङ्गे विजयी


बिजखबर संवाददाता
243
Shares

काठमाडौं । पहिलो चरणको निर्वाचन अन्तरगत प्रदेशसभामा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङ्गे) विजयी भएका छन् ।

मनाङ जिल्लाको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवारी दिएका दिपक मनाङ्गेले १ हजार ४ सय १० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङलाई ३ सय ९० मतले पराजित गरेका हुन् । कर्मले १ हजार २० मत प्राप्त गरेका थिए ।
मनाङ्गेलाई एमालेको समर्थन रहेको थियो । एमालेको प्रदेशसभा ख का उम्मेदवार खाण्डा लामाले मनाङ्गेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि उनलाई जीत सहज भएको हो ।

मनाङ जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेको थियो । तर, त्यसको सर्वत्र विरोध भएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए ।

स्थानीय निकायको निर्वाचन हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध मनाङ्गे प्रदेशसभाको चुनाव हुनभन्दा केही अघि मात्र एमालेमा प्रवेश गरेका थिए । उनी राप्रपाको टीम नै लिएर एमालेमा प्रवेश गरेका थिए । जसले गर्दा मनाङमा एमालेलाई समेत जीत सहज बनाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL