Logo

तीन स्थानमा बामगठबन्धन विजयी, ३१ स्थानमा अग्रता

तीन स्थानमा बामगठबन्धन विजयी, ३१ स्थानमा अग्रता


बिजखबर संवाददाता
3.8k
Shares

काठमाडौं । बाम गठबन्धनले प्रतिनिधिसभातर्फ ३ स्थानमा आफ्नो जीत निकालेको छ । मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतगणना अनुसार एमालेले २ स्थान र माओवादी केन्द्रले एक स्थानमा विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार एमालेले मनाङ र मुस्ताङमा आफ्नो जीत निकालेको हो । यसैगरी माओवादी केन्द्रले रुकुम पूर्वबाट आफ्नो विजयी शुरुवात गरेको छ ।

यसगैगरी प्रदेशसभा अन्तरगत एमाले, स्वतन्त्र र कांग्रेसले एक एक सीटमा विजयी भएका छन् । काग्रेसले मनाङमा एउटा प्रदेशसभा जितेको छ । तर मनाङको अर्को प्रदेशमा स्वतन्त्र उम्मेदवार दीपक मनाङ विजयी भएका छन् । उनलाई एमालेको समर्थन रहेको थियो । पछिल्लो मत परिणाम अनुसार मुस्ताङमा एमालेले एक प्रदेशसभा जित हासिल गरको छ ।

हाल मतगणना भइरहेका स्थानमा पनि बामगठबन्धनकै उच्च अग्रता रहेको छ । हासम्मको नजिता अनुसार बामगठबन्धनले ३१ स्थानमा अग्रता लिएको छ । जसमा एमालेले १९ र माओवादी केन्द्रले १२ स्थानमा अग्रता लिइरहेका छन् । यसैगरी नेपाली कांग्रेसले ५ स्थानमा मात्र आफ्नो अग्रता कायम राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL