Logo

दोस्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मत खस्यो

दोस्रो चरणको निर्वाचन सम्पन्न, ६७ प्रतिशत मत खस्यो


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा देशभरबाट ६७ प्रतिशत मत खसेको छ । दोस्रो चरणको निर्वाचनमा कुल १ करोड २२ लाख ३५ हजार मतदाता रहेकोमा प्रारम्भिक नजिता अनुसार त्यसको ६७ प्रतिशत मत मात्र खसेको प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले जानकारी दिए ।

यादवका अनुसार प्रारम्भिक मत परिणाम अनुसार ७६ प्रतिशत मत मात्र खसेपनि अझै बढ्न सक्नेछ । आज भएको निर्वाचनमा सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मत खसेको छ । दोस्रो चरणको निर्वाचन अन्तरगत १ मतदान केन्द्र बाहेक सबै स्थानमा शान्तिपूर्ण रुपमा मतदान भएको उनले जानकारी दिए । ‘मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नै नगरी दिएका कारण अर्धाखाँचीको सन्धिखर्क नगरपालिकाको वडा नं ५ मा मतदान स्थगित भएको छ,’ उनले भने, ‘त्यस स्थानमा पनि केही दिनभित्रै मतदान गराउनेछौं ।’

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भएको थियो । जसका लागि १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL