Logo

दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान

दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिउँसो ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेदेखि शुरु भएको ४५ जिल्लामा ३ बजेसम्म ५५ प्रतिशत मतदान भएको निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

आयोगका अनुसार दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको थियो । पछिल्लो २ घण्टामा १५ प्रतिशत मत खसेको छ । देशभर सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान भइरहेको आयोगको दाबी छ ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन भइरहेको छ । जसमा कुल १ करोड २२ लाख ३५ हजार मतादाताले मतदान गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL